आवश्यक कागजात (नाबालक)


नियोग अवस्थित मुलुक (अस्ट्रिया) वा यस नियोगबाट प्रमाणिकरण हेरिने मुलुकहरु क्रमस ग्रिस, क्रोएसिया अल्बानिया,मोन्टेनिग्रो, नर्थ मेसोडोनिया, स्लोभेनिया, बोस्निया हर्जगोभिना, जर्जियामा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि नेपाल गई नाबालक परिचयपत्र बनाउन नसकिएको अवस्था भएमा राहदानी बनाउने प्रयोजनका लागि देहायका कागजात सहित यस नियोगमा उपस्थित हुनुपर्नेछ ।

क. बाबु र आमाको नागरिताको प्रमाणपत्र,

ख. विवाह दर्ता प्रमाणपत्र,

ग. नाबालकको विदेशमा प्राप्त जन्मदर्ता प्रमाण ।

यसरी जारी भएको राहदानी नवीकरण अगावै निवेदकले अनिवार्यरुपमा नेपालमा गई नाबालक परिचयपत्र प्राप्त गरिसक्नुपर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत पेश गर्नपर्नेछ ।

नोटः राजदूतावासमा उपस्थित हुँदा अपलोड गरिएका सम्पूर्ण कागजातहरुको सक्कल र त्यसको प्रतिलिपि- १ थान र स्वघोषणा फारम अनिर्वाय पेश गर्नुपर्नेछ ।