अधिकृत वारेशनामा (Power of Attorney) प्रमाणीकरण
अधिकृत वारेशनामा (Power of Attorney) प्रमाणीकरण
अधिकृत वारेशनामा दिनेले स्वयं उपस्थित भई राजदूत/नियोग प्रमुख समक्ष अधिकृत वारेशनामामा सहीछाप गर्नुपर्ने भएकाले अग्रिम समय (Appointment) लिएर मात्र आउनुहुन अनुरोध गरिन्छ। समय लिनको लागि consular@nepalmission.at मा आवश्यक सबै कागजातहरुको प्रतिलिपि पठाई अनुरोध गर्नुपर्नेछ।
आवश्यक कागजातः
- नेपाली कागजमा रितपूर्वक तयार पारिएको अधिकृत वारेशनामा दुई प्रति (लिने र दिने दुवैको फोटो टाँस गरिएको)।
- अधिकृत वारेशनामा दिनेले राजदूतावासलाई सम्बोधन गरी तयार पारेको निवेदन।
- अधिकृत वारेशनामा दिनेको राहदानी र नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।
- अधिकृत वारेशनामा लिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
- बेचविखन/ हक हस्तान्तरण गर्न लागिएको जग्गा/ सम्पत्तिको कागजात (लालपुर्जा/ मालपोत तिरेको रसिद आदी) को प्रतिलिपि।
- अदालतमा रहेका मुद्दासम्बन्धी अधिकृत वारेशनामाको हकमा मुद्दा दायर भईसकेको भए तारिख पुर्जी वा निवेदनको प्रतिलिपि र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको हकमा उपर्युक्त कागजातको अतिरिक्त विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि।
लाग्ने दस्तुरः
| क्र.सं. | विवरण | दस्तुर |
|---|---|---|
| १ | एकाघरको व्यक्तिलाई वारेश नियुक्त गर्दा | 5 युरो |
| २ | अन्य व्यक्तिलाई वारेश नियुक्त गर्दा | 40 युरो |
पुनश्चः अधिकृत वारेशनामा प्रमाणीकरण दस्तुर वापतको रकम राजदूतावासको राजस्व खाता नं. AT341200010021628184 मा जम्मा गरेको हुनुपर्नेछ।
Reference मा (सेवा लिने सम्बन्धित व्यक्तिको नाम + POA) उल्लेख भएको हुनुपर्नेछ।