कागजात प्रमाणीकरण

नेपालका सरकारी संस्थाबाट जारी भई कन्सुलर सेवा विभागद्धारा प्रमाणीकृत कागजातका हकमा

क. शैक्षिक प्रमाणपत्र/लव्धाङ्कपत्र

आवश्यक कागजातहरुः

  1. प्रमाणपत्रको सक्कल प्रति (राजदूतावासमा ल्याउनु अगावै प्रमाणपत्र/लव्धाङ्कपत्रहरू अनिवार्य रुपमा जारी गर्ने निकाय, शिक्षा मन्त्रालय र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको)
  2. प्रमाणीकरण गर्नुपर्ने सबै कागजातको एक/एक प्रतिलिपि
  3. राहदानीको प्रतिलिपि
  4. अस्थायी बसोबास अनुमती पत्रको प्रतिलिपि (TRC)
  5. प्रमाणीकरण दस्तुरः 15 युरो प्रति कागजात (राजदूतावास आउनु अघि राजदूतावासको बैंक खातामा जम्मा गरी आउनुपर्ने।)

ख. सवारीचालक अनुमतिपत्र

आवश्यक कागजातहरुः

  1. नेपालको चालक अनुमतिपत्र प्रदान गरेको निकाय र कन्सुलर सेवा विभागबाट प्रमाणित भएको सक्कल कागजात
  2. प्रमाणीकरण गर्नुपर्ने सबै कागजातको एक/एक प्रतिलिपि
  3. अस्थायी बसोबास अनुमती पत्रको प्रतिलिपि (TRC)
  4. राहदानीको प्रतिलिपि
  5. प्रमाणीकरण दस्तुरः 50 युरो प्रति कागजात (राजदूतावास आउनु अघि राजदूतावासको बैंक खातामा जम्मा गरी आउनुपर्ने।)

ग. जन्म/विवाह दर्ता प्रमाणपत्र

आवश्यक कागजातहरुः

  1. स्थानीय निकायवाट नेपाली र अंग्रेजीमा जारी भएको प्रमाणपत्रलाई कन्सुलर सेवा विभागबाटसमेत प्रमाणित गराएको कागजातको सक्कल
  2. प्रमाणीकरण गर्नुपर्ने सबै कागजातको एक/एक प्रतिलिपि
  3. प्रमाणीकरण दस्तुरः 50 युरो प्रति कागजात (राजदूतावास आउनु अघि राजदूतावासको बैंक खातामा जम्मा गरी आउनुपर्ने।)
  4. राहदानीको प्रतिलिपि
  5. अस्थायी बसोबास अनुमती पत्रको प्रतिलिपि (TRC)

घ. प्रहरी प्रतिवेदन

  1. नेपाल प्रहरीबाट जारी भई कन्सुलर सेवा विभागबाट प्रमाणीकृत प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल र फोटोकपी
  2. अस्थायी बसोबास अनुमती पत्रको प्रतिलिपि (TRC)
  3. प्रमाणीकरण दस्तुरः 100 युरो प्रति कागजात (राजदूतावास आउनु अघि राजदूतावासको बैंक खातामा जम्मा गरी आउनुपर्ने।)
  4. राहदानीको प्रतिलिपि

देहायका मुलुकका विदेशी संस्थाबाट जारी भई सोही देशको परराष्ट्र मन्त्रालय अथवा भियनामा रहेका राजदूतावासबाट प्रमाणीकृत कागजातका हकमा

1. अल्बानिया

2. बोस्निया एण्ड हर्जगोभिना

3. क्रोएशिया

4. जर्जिया

5. ग्रिस

6. स्लोभेनिया​​​​​​​

7. नर्थ मेसेडोनिया

​​​​​​​8. मोन्टेनेग्रो

​​​​​​​9. अष्ट्रिया
​​​​आवश्यक कागजातहरू

  1. विदेशी संस्थाबाट जारी भई सोही देशको परराष्ट्र मन्त्रालय अथवा भियनामा रहेका राजदूतावासबाट प्रमाणीकृत कागजातहरुको सक्कल र प्रतिलिपि
  2. राहदानीको प्रतिलिपि
  3. अस्थायी बसोबास अनुमती पत्रको प्रतिलिपि (TRC)
  4. प्रमाणीकरण दस्तुरः माथि उल्लिखित कागजातको प्रकारअनुसार (राजदूतावास आउनु अघि राजदूतावासको बैंक खातामा जम्मा गरी आउनुपर्ने।)

अनलाइन राजस्व भुक्तानीका लागि बैंक खाता विवरणः

Bank Name: Bank Austria- Unicredit

IBAN: AT 341200010021628184

BIC: BKAUATWW

Beneficiary Name: PM Nepal int. Org.

नोटः सेवा लिन राजदूतावास आउनुअघि अनिवार्य रुपमा बैंक खातामा अनाइन मार्फत राजश्व रकम जम्मा गर्नुहोला। नगद तथा कार्डबाट राजश्व रकम भुक्तानी गर्न नमिल्ने व्यहोरा जानकारी गराउदछौ।

स्वयम उपस्थित हुन नसक्ने सेवाग्राहीहरूका लागिः

1. कुरियर

  • राजदूतावासको ठेगानामा कुरियर मार्फत कागजात पठाउने।
  • बैंकमा राजस्व रकम जम्मा गर्ने।
  • कागजात पठाएको व्यहोरा खुलाउदै मा इमेल पठाउने।
  • राजदूतावासबाट कागजात प्रमाणीकरण भएको इमेल प्राप्त भएपछि फेरि आफ्नो ठेगानामा कागजात फिर्ता लिन कुरियर बुक गर्ने।
  • कागजात प्राप्त भएपछि इमेलमार्फत जानकारी गराउने।

2. मञ्जुरीनामा

  • आफू निकट साथी अथवा आफन्तसँग माथि उल्लिखित सबै कागजात पठाउने।
  • आफ्नो र राजदूतावास कागजात प्रमाणीकरणका लागि आउने दुवैको परिचय खुल्ने गरी आफै लेखेको मञ्जुरीनामा पत्र अनिवार्य रूपमा पठाउने।

मञ्जुरीनामामा हुनैपर्ने विवरणः

  1. राजदूतावासलाई सम्बोधन गरेको हुनुपर्ने।
  2. उपस्थित हुन नसक्नुको कारण
  3. प्रमाणीकरण गर्नुपर्ने सबै कागजातको प्रकार
  4. लिने र दिनेको नामथर
  5. लिने र दिनेको राहदानी नम्बर
  6. लिने र दिनेको दस्तखत
  7. स्वघोषणा - (लेखेको विवरण झुट्टा भएमा कानूनबमोजिम सजाय भोग्न तयार छु भनी खुलाउनुपर्ने)

मञ्जुरीनामा झुट्टा भएको शंका भएमा कागजपत्र प्रमाणीकरण गर्न राजदूतावास बाध्य हुने छैन।