विद्युतीय राहदानी - नेपाली राजदूतावास, भियना

विद्युतीय राहदानी

महत्वपूर्ण जानकारी

  1. राहदानीको म्याद सकिएको अथवा म्याद सकिन एक वर्षभन्दा कम रहेको खण्डमा मात्र राहदानी Renewal को लागि फाराम भर्नुपर्नेछ।
  2. राहदानी पाना सकिन लागेमा/हराएमा वा च्यातिएमा वा नासिएमा पनि राहदानीको लागि फाराम भर्न सकिनेछ।
  3. राजदूतावास आउनु अघि अनिवार्य रुपमा समय (Appointment) लिई आउनुपर्नेछ।

क. विद्युतिय राहदानी आवेदनको लागि Pre-Enrollment प्रक्रियाः

प्रक्रियाको बारेमा विस्तृत रुपमा बुझ्नः https://nepalpassport.gov.np/process/process-40

राहदानी विभागको वेवसाइट https://online.nepalpassport.gov.np/ मा प्रवेश गरी:

  • पहिलो पटक राहदानी (विदेशमा जन्मेका नाबालकहरुको हकमा) बनाउनेहरुलेः First Issuance
  • पुरानो राहदानी नविकरण गर्नका लागिः Renewal
  • हालको राहदानी हराएको/चोरिएको हकमाः Replacement (Lost/Stolen)
  • हालको राहदानी बिग्रिएमाः Replacement (Damaged)
  • पहिले राहदानीमा भएको भन्दा कुनै विवरण सच्याउन/परिवर्तन गर्न परेमा/विवरण त्रुटि भएको: Modification (Data Correction)
  • ३४ पृष्ठको राहदानी लिन चाहनेले Ordinary 34 pages र ६६ पृष्ठको राहदानी लिन चाहनेले Ordingary 66 pages मा क्लिक गर्ने।
  • त्यसपश्चात Book your Appointment मा प्रवेश गरेर अप्सनमा क्लिक गरी NE, VIENNA छानी आफूलाई उपयुक्त हुने मिति र समय बुकिङ्ग गर्ने।

त्यसपश्चात उपलब्ध हुने राहदानीको फाराममा भएको विभिन्न उपशिर्षकमा रहेको विवरण भर्ने। विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिदा राष्ट्रिय परिचयपत्र आवश्यक नहुने भएपनि नेपाल गएको बखतमा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र बनाउन हुन नेपाली राजदूतावास, भियना अनुरोध गर्दछ।

त्यसपश्चात पोर्टलमा माग भएबमोजिमका कागजातहरु अपलोड गर्ने।

ख. राहदानी नवीकरणका लागि आवश्यक कागजातहरूः

  • सक्कल राहदानी
  • सक्कल नागरिकता
  • हराएको अवस्थामा राहदानी हराएको विवरण खुल्ने गरी स्थानीय प्रहरीद्धारा जारी गरिएको Police Report
  • 16 वर्ष भन्दा कम उमेरका नाबालकको हकमा भने सक्कल राहदानी, नाबालक परिचयपत्र, बुवाआमाको विवाहदर्ता प्रमाणपत्र, बुवाआमाको राहदानी र नागरिकताको प्रतिलिपि
  • Biometrics का लागि दूतावास आउँदा सबै कागजातको एउटा प्रतिलिपि अनिवार्य रुपमा ल्याएर आउने।
  • Online Form प्रिन्ट

ग. राहदानीको Biometrics का लागि लाग्ने समयः

सेवाग्राह्रीको चापअनुसार 30 मिनेटदेखि 2 घण्टासम्म

घ. राहदानी बनाउनका लागि लाग्ने दस्तुरः

अवस्था 10 वर्ष भन्दा मुनि 10 वर्ष भन्दा माथि Damaged/Lost/Stolen
Ordinary 33 Pages 60 युरो 120 युरो 180 युरो
Ordinary 66 Pages 170 युरो
Damaged/Lost/Stolen 180 युरो

ङ. अनलाइन राजस्व भुक्तानीका लागि बैंक खाता विवरणः

Bank: Bank Austria- Unicredit

IBAN: AT 341200010021628184

BIC: BKAUATWW

Beneficiary Name: PM Nepal int.Org.

च. नयाँ राहदानी आउन लाग्ने समयः

राजदूतावासमा आवेदन दिएपश्चात सामान्यतया 1-2 महिना समय लाग्नेछ।

तसर्थ, राहदानी बनेर आइपुगेको खबर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Facebook/Website बाट थाहा पाउन सकिनेछ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेको रसिद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ।

निवेदक स्वयं उपस्थित हुन नसक्ने खण्डमाः

  1. DHL मार्फत
  2. निकट व्यक्तिलाई मञ्जुरीनामा पत्र दिई पठाएको खण्डमा

नोटः

राहदानी सम्बन्धी अन्य जानकारीका लागि यस राजदूतावासको email: consular@nepalmission.at र फोन नम्बर (+43) 12350275-01 मा सम्पर्क गर्न सकिनेछ।