१. राहदानी नविकरण

  •  सम्बन्धित सरकारी निकायबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र  ।
  • पुरानो राहदानी ।
  • विवाहित महिलाले थर परिवर्तन गर्न चाहेमाः
    • सम्बन्धित देशको सरकारी निकायबाट जारी भएको विवाहदर्ता र त्यसको प्रमाणिकरण ( अंग्रेजी देखि बाहेक अन्य भाषामा भएमा अंग्रेजीकरण गरी नोटरी गरिएको हुनुपर्ने),
    • दुवैको राहदानी

 

२. हराएको राहदानी बनाउनु परेमाः

      • राहदानी हराएको प्रहरी रिपोर्ट,
      • अन्य कागजात माथी उल्लेख गरिए बमोजिम ।

 

३. च्यातिएको/केरमेट भएको राहदानी बनाउनु परेमाः

    • राहदानी नविकरण गर्दा लाग्ने कागजात सबै ।

नोटः राजदूतावासमा उपस्थित हुँदा अपलोड गरिएका सम्पूर्ण कागजातहरुको सक्कल र त्यसको प्रतिलिपि- १ थान र स्वघोषणा फारम अनिर्वाय पेश गर्नुपर्नेछ ।