विद्युतिय राहदानी ( E-Passport)


 

राहदानीको प्रकार प्रि-इन्‍रोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरुः राजस्व अन्य जानकारी
साधारण राहदानी (नाबालक) कागजात   
  • १० वर्ष भन्दा कम उमेरका नाबालकको हकमा नयाँ राहदानी वा राहदानी नविकरण ६० युरो ।
  • १० वर्ष भन्दा माथी उमेरका नाबालकको हकमा नयाँ राहदानी वा राहदानी नविकरण  १२० युरो ।
  • हराएको/च्यातिएको/नष्ट भएको हकमा डबल दस्तुर लाग्नेछ ।
  • प्रि-इन्‍रोलमेन्ट फारम भरी त्यसको एक प्रतिका साथ आवेदक  स्वयँ अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।
  • नाबालकको हकमा ३४ पृष्ठको राहदानी मात्र जारी गरिनेछ ।
  • आवेदकले हालसालै खिचिएको सेतो पृष्टभूमी भएको ४५ मि.मि. X ३५ मि.मि साइजको रंगिन फोटो १ प्रति अनिवार्य ल्याउनुपर्नेछ ।
साधारण राहदानी (अन्य) कागजात
  • नयाँ राहदानी वा राहदानी नविकरण (३४ पृष्ठ) १२० युरो
  • नयाँ राहदानी वा राहदानी नविकरण (६६ पृष्ठ) १७० युरो
  • हराएको/च्यातिएको/नष्ट भएको हकमा डबल दस्तुर लाग्नेछ ।
  • प्रि-इन्‍रोलमेन्ट फारम भरी त्यसको एक प्रतिका साथ आवेदक  स्वयँ अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।
  • आवेदकले हालसालै खिचिएको सेतो पृष्टभूमी भएको ४५ मि.मि. X ३५ मि.मि साइजको रंगिन फोटो १ प्रति अनिवार्य ल्याउनुपर्नेछ ।
  • यन्त्रवाचक राहदानीको बहाल अवधी बाँकी रहेसम्म सोही राहदानी प्रयोग गर्न सकिनेछ । सामान्यतः हालको राहदानीको बहाल अवधी १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरण गरिनेछ ।
क. विद्युतिय राहदानी आवेदनको लागि प्रि-इन्‍रोलमेन्ट प्रक्रियाः
  • राहदानी विभागको वेवसाइटमा उपलब्ध  https://emrtds.nepalpassport.gov.np/ लिङ्कमा प्रवेश गरी देहायको आवेदनको प्रकार छान्‍नेः
    • पहिलो पटक राहदानी (विदेशमा जन्मेका नाबालकहरुको हकमा)  बनाउनेहरुलेः First Issuance,
    • पुरानो राहदानी नविकरण गर्नका लागिः Renewal;
    • हालको राहदानी हराएको/चोरिएको हकमाः Replacement (Lost/Stolen);
    • हालको राहदानी बिग्रिएमाः Replacement (Damaged);
    • ३४ पृष्ठको राहदानी लिन चाहनेले Ordinary 34 pages र ६६ पृष्ठको राहदानी लिन चाहनेले Ordingary 66 pages मा क्लिक गर्ने ।
  • त्यसपश्चात उपलब्ध हुने राहदानीको फाराममा भएको विभिन्न उपशिर्षकमा रहेको विवरण भर्ने । विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिदा राष्ट्रिय परिचयपत्र आवश्यक नहुने भएपनि सम्भव भएसम्म राष्ट्रिय परिचयपत्र बनाउन हुन नेपाली राजदूतावास, भियना अभिप्रेरित गर्दछ ।
  • त्यसपश्चात पोर्टलमा माग भएबमोजिमका कागजातहरु अपलोड गर्ने ।
  • त्यसपश्चात Book your Appointment मा प्रवेश गरेर अप्सनमा क्लिक गरी NE, VIENNA छानी आफूलाई उपयुक्त हुने मिति र समय बुकिङ्ग गर्ने ।
ख. अनलाइन राजस्व भुक्ताकनीका लागि बैंक खाता विवरणः

BLZ 12000 Bank Austria-Unicredit
IBAN: AT 341200010021628184, BIC: BKAUATWW
Beneficiary Name: Permanent Mission of Nepal to the United Nations,Vienna

ग.नयाँ राहदानी प्राप्त गर्ने विधिः
  • राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानी इन्‍रोलमेन्ट गरेपछि दुई महिनामा राहदानी तयार हुन्छ । आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा ४ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुहोला । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइन्छ । तयार राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ ।
  • प्रि-इन्‍रोलमेन्ट फारम भर्दा आफ्नो विवरण अनिवार्यरुपमा पुनः रुजु गर्नुहोला । गलत विवरण भरी राहदानी तयार भई पुनः सच्चाउनुपर्ने भएमा फेरी दस्तुर लाग्नेछ ।