एमआरपी राहदानी

राहदानी सेवा

नेपाल सरकारले मिति २६ डिसेम्बर २०१० देखि हस्तलिखित राहदानी जारी गर्न बन्द गरी मेशिन रिडेबल राहदानी (एमआरपी) जारी गर्न शुरु गरेको छ । नेपालले अन्तराष्ट्रिय उडडयन प्राधिकरण सँग गरेको प्रतिबद्धता अनुरुप मिति २४ नोभेम्बर २०१५ पश्चात हस्तलिखित राहदानी लिएर यात्रा गर्न नपाइने हुनाले नेपाली राहदानी वाहकहरुले अनिवार्य रुपमा मेशिन रिडेबल राहदानी (एमआरपी) लिनुपर्नेछ ।

(विशेष ध्यानाकर्षण: दूतावासमा निवेदन पेश गर्नुअघि तल उल्लेखित कागजातहरुको फोटोकपि अनिवार्य रुपमा गरी प्रत्येक पानाको पछाडिपट्टि खाली ठाउँमा “सक्कल बमोजिम नक्कल दुरुस्त ठीक छ।” भन्ने व्यहोरा लेखेर हस्ताक्षर गरी मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ साथै, तल राखिएको स्वघोषणा फारम समेत अनिवार्य भर्नुपर्नेछ। अन्यथा अपूर्ण निवेदन दर्ता हुनेछैन । )

  • १. राहदानीको लागि निवेदन ।
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  • ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  • ४. हालको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
  • ५. पासपोर्ट साइजको चार प्रति फोटो ।
  • ६. स्वघोषणा फारम ।
  • राजस्व शुल्क युरो १२०।–
हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  • १. राहदानीको लागि निवेदन ।
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  • ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  • ४. हराएको राहदानीको प्रतिलिपी ।
  • ५. पासपोर्ट साइजको चार प्रति फोटो ।
  • राजस्व दस्तुर युरो २४०।–
बिग्रिएको वा च्यातिएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  • १. राहदानीको लागि निवेदन ।
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  • ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  • ४. बिग्रेको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
  • ५. पासपोर्ट साइजको चार प्रति फोटो ।
  • राजस्व दस्तुर युरो २४०।–
दश वर्षमुनिका नाबालकको लागि एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  • १. राहदानीको लागि निवेदन ।
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  • ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
  • ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
  • ५. बाबु र आमाको विवाहदर्ता ।
  • ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
  • ७. बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
  • ८. पासपोर्ट साइजको चार प्रति फोटो ।
  • राजस्व दस्तुर युरो ६०।–

नोटः दश वर्षभन्दा मुनिका नाबालकको राहदानी जारी भएको मितिबाट पाँच वर्ष (५) सम्म बहाल रहनेछ ।

दश वर्षभन्दा माथि र सोह्र वर्षभन्दा मुनिका नाबालकको एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  • ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
  • ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
  • ५. बाबु र आमाको विवाहदर्ता ।
  • ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
  • ७. बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
  • ८. पासपोर्ट साइजको चार प्रति फोटो ।
  • राजस्व दस्तुर युरो १२०।–

राहदानी शुल्क पठाउने बैैक खाताको विवरणः

BLZ 12000 Bank Austria-Unicredit
IBAN: AT 341200010021628184, BIC: BKAUATWW
Beneficiary Name: Permanent Mission of Nepal to the United Nations,Vienna

नयाँ राहदानी प्राप्त गर्ने विधिः

राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानीको निवेदन तथा फाराम दर्ता गरेको तीन महिनामा एम आर पी राहदानी तयार हुन्छ । तसर्थ आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा छ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुहोला । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइन्छ । तयार राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ ।

राहदानीको फाराम भर्ने तरिका
फोटोको मापदण्ड

१.राहदानी फारम

२.स्वघोषणा फारम