क. विद्युतिय राहदानी आवेदनको लागि प्रि-इन्रोलमेन्ट प्रक्रियाः
- राहदानी विभागको वेवसाइटमा उपलब्ध https://emrtds.nepalpassport.gov.np/ लिङ्कमा प्रवेश गरी देहायको आवेदनको प्रकार छान्नेः
- पहिलो पटक राहदानी (विदेशमा जन्मेका नाबालकहरुको हकमा) बनाउनेहरुलेः First Issuance,
- पुरानो राहदानी नविकरण गर्नका लागिः Renewal;
- हालको राहदानी हराएको/चोरिएको हकमाः Replacement (Lost/Stolen);
- हालको राहदानी बिग्रिएमाः Replacement (Damaged);
- ३४ पृष्ठको राहदानी लिन चाहनेले Ordinary 34 pages र ६६ पृष्ठको राहदानी लिन चाहनेले Ordingary 66 pages मा क्लिक गर्ने ।
- त्यसपश्चात उपलब्ध हुने राहदानीको फाराममा भएको विभिन्न उपशिर्षकमा रहेको विवरण भर्ने । विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिदा राष्ट्रिय परिचयपत्र आवश्यक नहुने भएपनि सम्भव भएसम्म राष्ट्रिय परिचयपत्र बनाउन हुन नेपाली राजदूतावास, भियना अभिप्रेरित गर्दछ ।
- त्यसपश्चात पोर्टलमा माग भएबमोजिमका कागजातहरु अपलोड गर्ने ।
- त्यसपश्चात Book your Appointment मा प्रवेश गरेर अप्सनमा क्लिक गरी NE, VIENNA छानी आफूलाई उपयुक्त हुने मिति र समय बुकिङ्ग गर्ने ।
ख. अनलाइन राजस्व भुक्ताकनीका लागि बैंक खाता विवरणः
BLZ 12000 Bank Austria-Unicredit
IBAN: AT 341200010021628184, BIC: BKAUATWW
Beneficiary Name: Permanent Mission of Nepal to the United Nations,Vienna
ग.नयाँ राहदानी प्राप्त गर्ने विधिः
- राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानी इन्रोलमेन्ट गरेपछि दुई महिनामा राहदानी तयार हुन्छ । आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा ४ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुहोला । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइन्छ । तयार राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ ।
- प्रि-इन्रोलमेन्ट फारम भर्दा आफ्नो विवरण अनिवार्यरुपमा पुनः रुजु गर्नुहोला । गलत विवरण भरी राहदानी तयार भई पुनः सच्चाउनुपर्ने भएमा फेरी दस्तुर लाग्नेछ ।